२४ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न अमेरिकी आदेश

२४ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न अमेरिकी आदेश

रासस  |  विदेश  |  श्रावण १९, २०७८

अमेरिकी सरकारले २४ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । उनीहरूको प्रवेशाज्ञा ३ सेप्टेम्बरसम्ममा सकिने भएकाले उनीहरूलाई सो समयसम्ममा अमेरिका छाडिसक्न भनिएको हो । 

अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, 'हामीलाई आगामी ३ सेप्टम्बर अगावै अमेरिका छाड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।' 

ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छाड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् । हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरू कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि उनले दिए ।