तीन लाख घुससहित नासु नियन्त्रणमा

तीन लाख घुससहित नासु नियन्त्रणमा
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६

काठमाडौं । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास बाँकेमा कार्यरत नायब सुब्बा घुस लिँदै गर्दा समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टाइपिस्ट नायब सुब्बा (नासु) कृष्णकुमार पाठकलाई तीन लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पाठकले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग उक्त रकम मागेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।