बढ्दो कोरोना जोखिम, साउने सोमबार र पूजा-आराधनाका विकल्प

बढ्दो कोरोना जोखिम, साउने सोमबार र पूजा-आराधनाका विकल्प

ज्ञानमित्र  |  दृष्टिकोण  |  श्रावण २०, २०७८

आफू कट्टर हिन्दु एवं हिन्दु धर्मको संन्यासी भएका कारण सबै हिन्दु धर्मावलम्बीको मित्र हुनुका साथै शुभचिन्तक हुँ ।  हिन्दु धर्म, हिन्दु समाज, हिन्दु दर्शन, हिन्दु शास्त्र र हिन्दु प्रज्ञा अखिल ब्रह्माण्डकै अमूल्य धरोहर एवं सबै खाले ज्ञान-विज्ञानको मूल हो भनी विश्वका धेरै शीर्ष मनीषीले स्वीकारेकै कुरा हो ।

विश्वका अन्य कुनै पनि धर्मको इतिहास पुग नपुग ४ हजार वर्षभन्दा पछाडि पुग्दैन तर हिन्दु धर्ममा भने अनेकौँ कल्पकै वर्णन छ । सृष्टि उत्पत्ति, प्रलय र लयकै विशद् चर्चा छ ।

निश्चय पनि विश्व कोरोना महामारीले सन्त्रस्त भइरहेका बेला म धर्म विषयक चर्चा गर्न तल्लीन भएको होइन । यतिखेर मेरो धर्म कोरोनाले सन्त्रस्त देश र समाजलाई सान्त्वना, राहत, मानसिक बल, सम्यक जानकारी, यसबाट बचाउ र सुरक्षित हुने विधि तथा उपाय प्रदान गर्नु हो । विगत १८-१९ महीनादेखि पूर्ण मनोयोगका साथ यो कर्तव्य पालन गर्दै आइरहेको छु  ।

अब विषयमा प्रवेश गर्छु । कोरोना संक्रमणको दोस्रो लहरमा मुलुकभर नै निषेधाज्ञा लाग्यो । यस क्रममा मठ-मन्दिरमा  पनि  सामूहिक-सार्वजनिक दर्शन पुजन हेतु रोक लाग्यो । संक्रमणको प्रभाव केही मत्थर भएपछि जीवनका अन्य क्षेत्रमा लगाइएको रोक हट्यो तर मन्दिरलाई यो छुट भएन ।

अहिले यस विषयमा आवाज उठिरहेका छन्- पशुपतिनाथ मन्दिरमा लगाइएको प्रतिबन्ध हटाउनुपर्‍यो । मन्दिर सर्व सुलभ दर्शनका लागि खोलिनुपर्‍यो । कतिपय मित्रहरूले मसँग पनि यसबारे आवाज उठाउन भन्नुभयो । कतिपय विद्वान् मित्रहरूले अनेकन तर्क दिएर युट्युबमार्फत जोडदार आवाज उठाउनुभएको छ तर यसबारे मेरो मत पृथक् छ ।

हिन्दु शास्त्रहरूले धर्मका लक्षण यसरी निर्देशित गरेका छन्-

सुनहु सखा, कह कृपानिधाना
जेहिं जय होई सो स्यंदन आना ।
सौरज धीरज तेहि रथ चाका
सत्य सील दृढ ध्वजा पताका ।

बल बिबेक दम पर-हित घोरे
छमा कृपा समता रजु जोरे ।
ईस भजनु सारथी सुजाना
बिरति चर्म संतोष कृपाना ।

दान परसु बुधि सक्ति प्रचण्डा
वर विग्यान कठिन कोदंडा ।
अमल अचल मन त्रोन सामना
सम जम नियम सिलीमुख नाना ।

कवच अभेद बिप्र-गुरु पूजा
एहि सम विजय उपाय न दूजा ।
सखा धर्ममय अस रथ जाकें
जीतन कहँ न कतहूँ रिपु ताकें ।

महा अजय संसार रिपु 
जीति सकइ सो वीर ।
जाकें अस रथ होई दृढ
सुनहु सखा मति-धीर । । 
(तुलसीदास- लंकाकाण्ड)

सत्यं दया तपः शौचं तितिक्षेक्षा शमो दमः ।
अहिंसा ब्रह्मचर्यं च त्यागः स्वाध्याय आर्जवम् । ।
संतोषः समदृक् सेवा ग्राम्येहोपरमः शनैः ।
नृणां विपर्ययेहेक्षा मौनमात्मविमर्शनम् । ।
    
अन्नाद्यादे संविभागो भूतेभ्यश्च यथार्हतः ।
तेषात्मदेवताबुद्धिः सुतरां नृषु पाण्डव । ।
श्रवणं कीर्तनं चास्य स्मरणं महतां गतेः ।
सेवेज्यावनतिर्दास्यं सख्यमात्मसमर्पणम् । ।
   
नृणामयं परो धर्मः सर्वेषां समुदाहृतः ।
त्रिशल्लक्षणवान् राजन् सर्वात्मा येन तुष्यति । (श्रीमद्भागवत )

हिन्दु धर्ममा धर्मपालन र आचरण आन्तरिक विषय हो ।  निश्चय पनि समाजमा केही प्रतीक, परम्परा, बिम्ब आवश्यक हुन्छन् । वैदिक युगपछि झांगिएको सनातन हिन्दु धर्ममा मठ-मन्दिरदेखि मूर्ति पूजासम्मको विधान र परम्परा प्रारम्भ भयो । यो सनातन धर्मको अतीव सुन्दर पक्ष हो । 

सबै जनाका लागि निर्गुण निराकार ब्रह्मको उपासना सम्भव नहुन सक्छ । यसकै लागि साकार ब्रह्मको अवधारणा मुखरित भयो । तर, आन्तरिक धर्म यात्रामा अलिकति पनि अग्रसर भएका जो कसैलाई पनि अनुभव हुन्छ- मन्दिरमा स्थापित प्रतिमा अन्ततः वस्तु हो, चेतना होइन ।  ब्रह्म विशुद्ध चेतना हो । पदार्थबाट चेतनाको यात्रा सम्भव छ तर अपरिहार्य भने होइन ।

देशमा अहिले कोरोना संक्रमणको दोस्रो लहरकै संक्रामक प्रभाव बाँकी छ । आसन्न तेस्रो लहरको कारक हुन सक्ने कोरोना भाइरसको नयाँ उत्परिवर्तित स्वरूप डेल्टा प्लस आइसकेको पुष्टि भइसकेको छ ।

राजधानी काठमाडौंका  अस्पताल भरी-भराउ भइसकेका समाचार छ  ।

सशस्त्र प्रहरी बल अस्पतालका सूचना अधिकारी डा. प्रवीण नेपालका अनुसार १० दिनयतादेखि बिरामीको संख्या बढ्दै गएपछि शय्या भरिएका हुन् ।

‘हामीले कोरोना बिरामीको उपचारका लागि २०० बेड छुट्याएका छौँ । आईसीयू, भेन्टिलेटर सबै भरिएका छन् भने केही आइसोलेसन बेड मात्र खाली छन्’, डा. नेपालले भने, ‘अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या लिएर आउने गरेका छन् ।’ 

यस अस्पतालमा आईसीयूमा २०, एचडीयूमा ५० र साधारण शय्यामा १३० जना बिरामी रहेका छन् ।

कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पतालमा १०० जना बिरामी रहेका छन् । तीमध्ये ३५ जना आईसीयू र ४ जना भेन्टिलेटर तथा अन्य एचडीयूमा रहेका छन् ।

शुक्रराज अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार अहिले २२ जना आईसीयू, २० भेन्टिलेटर र ३५ जना अन्य संक्रमित उपचाररत छन् ।

पाटन अस्पतालका डा. आशिष श्रेष्ठका अनुसार कुल १५१ जना बिरामीमध्ये २१ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा छन् । यस्तै, विगत २४ घण्टामा पाटन अस्पतालमा २२ जना संक्रमित भर्ना भएका छन् । पाटनमा ३० आईसीयू, १५ भेन्टिलेटर शय्या रहेका छन् ।
 
त्रिवि शिक्षण अस्पतालमा अहिले १२२ जना संक्रमित बिरामी उपचाररत रहेका छन् । तीमध्ये ९१ जना साधारण शय्यामा, अक्सिजन दिएर आईसीयूमा ११ र भेन्टिलेटरमा १८ र २ जना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।

काठमाडौँ उपत्यकामा ८ हजार ८९५ सक्रिय संक्रमित रहेका छन् । देशभरि १५७ वटा अस्पताल कोभिड- १९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा २ हजार ६०० आईसीयू रहेका र ६३० वटा थप गर्ने प्रक्रियामा छन् । यस्तै, ९०० भेन्टिलेटर र २ हजार ७५ वटा एचडीयू छन् ।

देशभरिमा अहिले ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा, ३ हजार २२४ जना संस्थागत आइसोलेसन र २८ हजार ४०५ जना होम आइसोलेसनमा छन् ।

पशुपतिनाथ, तपाईं मेरा आराध्य देव हुनुहुन्छ तर भन्नुहोस् कुन बुद्धि, कुन ज्ञान, कुन विवेकले तपाईंको पावन धाम आमजनका लागि दर्शन पूजन हेतु खोलिनुपर्छ भन्ने वकालत गरौँ ? देशमा अहिले प्रत्येक दिन ३ हजारभन्दा बढी नयाँ संक्रमित आइरहेका छन् । 

हे देवाधिदेव ! मलाई थाहा छ- अबको १५-२० दिनभित्रै यो संख्या ८-१० हजार पुग्छ । लामो निषेधाज्ञापछि खोलिएको देश  २-३ सातामै पुनः निषेधाज्ञाको कष्टकारी बन्धनमा बेरिन पुग्छ । तपाईंको महाकाल स्वरूपको क्षुधा कति चिताभस्मको सुगन्ध उपरान्त सन्तुष्ट हुन्छ, त्यसबारे यस क्षुद्र भक्तलाई केही ज्ञान छैन ।

प्रभु ! म मन्दिर खोल्ने मूर्खताजन्य माग गर्न सक्दिनँ । तपाईंको अनुकम्पाले यस अभियानमा लागेका सबैको चेत खुलोस्- शिव सर्वत्र व्याप्त हुनुहुन्छ । शिव आफ्नो अन्तरको  कुनाकुनामा व्याप्त रहेको संज्ञान प्राप्त होस् सबैलाई ।

शिवलाई भेट्न बाहिर कतै जानुपर्दैन । शिव भक्ति, शिव पुजन, शिव आराधन हेतु मानस पूजा जस्तो उत्तम केही हुन सक्दैन । साउनको यस पवित्र महिनामा घरमै माटोको शिवलिंग बनाई अथवा मानसिक रूपमा निम्न स्तोत्रबाट शिव स्तुति गर्न सकिन्छ ।

रत्नैः कल्पितमासनं हिमजलैः स्नानं च दिव्याम्बरं
नानारत्नविभूषितं मृगमदामोदाङ्कितं चन्दनम्  ।
जातीचम्पकबिल्वपत्ररचितं पुष्पं च धूपं तथा
दीपं देव दयानिधे पशुपते हृत्कल्पितं गृह्यताम् ।

सौवर्णे नवरत्नखण्डरचिते पात्रे घृतं पायसं
भक्ष्यं पञ्चविधं पयोदधियुतं रम्भाफलं पानकम्  ।
शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं
ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रभो स्वीकुरु ।

छत्रं चामरयोर्युगं व्यजनकं चादर्शकं निर्मलं
वीणाभेरिमृदङ्गकाहलकला गीतं च नृत्यं तथा  ।
साष्टाङ्गं प्रणतिः स्तुतिर्बहुविधा ह्येतत्समस्तं मया
सङ्कल्पेन समर्पितं तव विभो पूजां गृहाण प्रभो ।

आत्मा त्वं गिरिजा मतिः सहचराः प्राणाः शरीरं गृहं
पूजा ते विषयोपभोगरचना निद्रा समाधिस्थितिः  ।
सञ्चारः पदयोः प्रदक्षिणविधिः स्तोत्राणि सर्वा गिरो
यद्यत्कर्म करोमि तत्तदखिलं शम्भो तवाराधनम् ।

करचरणकृतं वाक्कायजं कर्मजं वा
श्रवणनयनजं वा मानसं वापराधम्  ।
विहितमविहितं वा सर्वमेतत्क्षमस्व
जयजय करुणाब्धे श्रीमहादेव शम्भो ।

मनोबुद्ध्यहङ्कार चित्तानि नाहं
न च श्रोत्रजिह्वे न च घ्राणनेत्रे  ।
न च व्योम भूमिर्न तेजो न वायुः
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।

न च प्राणसंज्ञो न वै पञ्चवायुः
न वा सप्तधातुः न वा पञ्चकोशः  ।
न वाक्पाणिपादं न चोपस्थपायु
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।

न मे द्वेषरागौ न मे लोभमोहौ
मदो नैव मे नैव मात्सर्यभावः  ।
न धर्मो न चार्थो न कामो न मोक्षः
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।

न पुण्यं न पापं न सौख्यं न दुःखं
न मन्त्रो न तीर्थं न वेदा न यज्ञाः  ।
अहं भोजनं नैव भोज्यं न भोक्ता
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।

न मृत्युर्न शङ्का न मे जातिभेदः
पिता नैव मे नैव माता न जन्मः  ।
न बन्धुर्न मित्रं गुरुर्नैव शिष्यं
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।

अहं निर्विकल्पो निराकाररूपो
विभुत्वाच्च सर्वत्र सर्वेन्द्रियाणाम्  ।
न चासङ्गतं नैव मुक्तिर्न मेयः
चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ।

नमामीशमीशान निर्वाण रूपं 
विभुं व्यापकं ब्रह्म वेदः स्वरूपम्  ।
निजं निर्गुणं निर्विकल्पं निरीहं 
चिदाकाश माकाशवासं भजेऽहम्  । ।

निराकार मोंकार मूलं तुरीयं 
गिराज्ञान गोतीतमीशं गिरीशम्  ।
करालं महाकाल कालं कृपालुं 
गुणागार संसार पारं नतोऽहम्  । ।

तुषाराद्रि संकाश गौरं गभीरं 
मनोभूत कोटि प्रभा श्री शरीरम्  ।
स्फुरन्मौलि कल्लोलिनी चारू गंगा
लसद्भाल बालेन्दु कण्ठे भुजंगा  । ।

चलत्कुण्डलं शुभ्र नेत्रं विशालं 
प्रसन्नाननं नीलकण्ठं दयालम्  ।
मृगाधीश चर्माम्बरं मुण्डमालं 
प्रिय शंकरं सर्वनाथं भजामि  । ।

प्रचण्डं प्रकष्टं प्रगल्भं परेशं 
अखण्डं अजं भानु कोटि प्रकाशम्  ।
त्रयशूल निर्मूलनं शूल पाणिं 
भजेऽहं भवानीपतिं भाव गम्यम्  । ।

कलातीत कल्याण कल्पान्तकारी 
सदा सच्चिनान्द दाता पुरारी  ।
चिदानन्द सन्दोह मोहापहारी 
प्रसीद प्रसीद प्रभो मन्मथारी  । ।

न यावद् उमानाथ पादारविन्दं 
भजन्तीह लोके परे वा नराणाम्  ।
न तावद् सुखं शांति सन्ताप नाशं 
प्रसीद प्रभो सर्वं भूताधि वासं  । ।

न जानामि योगं जपं नैव पूजा 
न तोऽहम् सदा सर्वदा शम्भू तुभ्यम्  ।
जरा जन्म दुःखौघ तातप्यमानं 
प्रभोपाहि आपन्नामामीश शम्भो  । ।

रूद्राष्टकं इदं प्रोक्तं विप्रेण हर्षोतये
ये पठन्ति नरा भक्तयां तेषां शंभो प्रसीदति  । ।

सबै शिव भक्तहरूलाई शिव कृपा प्राप्त होस् ।