पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण

पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । 

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार सर्जन डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको उनको सचिवालयले जनाएको छ ।

खनालको सचिवालयका अनुसार नेता खनाल केही समय अस्पतालमै आराम गर्ने र आराम भएपश्चात स्वदेश फर्कनेछन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत २ असारमा नयाँ दिल्ली लगिएको थियो ।