नेप्सेमा फेरि उछाल, १२ अंकको वृद्धि

नेप्सेमा फेरि उछाल, १२ अंकको वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २०, २०७८

बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेको छ ।

आज २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ । आज १११ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ साथै १३ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

यस दिन उपसमूहतर्फ जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युतको उपसमूहमा ५.८१ प्रतिशत वृद्धि देखिएको छ । त्यसैगरी विकास बैंक, फाइनान्स उपसमूहमा पनि वृद्धि देखिएको छ ।

आज माथिल्लो तामाकोसी, कालिका पावर कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, घलेम्दी हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने जीवन विकास लघुवित्तको ९.९९ प्रतिशत, नारायणी विकास बैंकको ९.८७ प्रतिशत र सानजेन जलविद्युत् कमपनीको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ ।