विश्वकप क्रिकेट लिग- २ को प्रारम्भिक छनोटमा १९ खेलाडी छनोट

विश्वकप क्रिकेट लिग- २ को प्रारम्भिक छनोटमा १९ खेलाडी छनोट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २०, २०७८

आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको १९ खेलाडीमध्ये गुलसन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदै छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलसन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् । त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।