माधव खेमाको स्थायी कमिटी बैठक सुरु, यी छन् एजेण्डा

माधव खेमाको स्थायी कमिटी बैठक सुरु, यी छन् एजेण्डा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २१, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल खेमाको स्थायी कमिटीको बैठक बसिरहेको छ ।

बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा सुरु भएको नेपाल खेमाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेण्डा तय गर्ने बताइएको छ । स्थायी कमिटीको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ । 

लामो समयदेखि तनावमा रहेर विभाजनको सँघारमा पुगेको एमालेलाई एकताबद्ध बनाउन दोस्रो तहका नेताहरू सक्रिय भए पनि समझदारीको छनक देखिएको छैन । समझदारीका लागि दुवै खेमाका नेता समेटेर बनाइएको कार्यदलले १० बुँदे सहमति जुटाए पनि त्यसलाई नेता नेपालले नमान्ने घोषणा गरेपछि उनकै खेमाका कार्यदलका सदस्यहरू अप्ठ्यारोमा परेका बताउँदै आएका छन् । 

नेपाल समूहको केन्द्रीय कमिटी बैठकले एमालेलाई नै एकताबद्ध बनाउने वा नयाँ पार्टी गठन गरेर अघि बढ्ने भन्ने विषयमा आधिकारिक धारणा बनाउने एक नेताले जानकारी दिए ।