आजको नेप्से: २१.३७ अंकले घट्यो

आजको नेप्से: २१.३७ अंकले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २१, २०७८

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.३७ अंकले घटेर ३१०२.०८ अंकमा सीमित भएको छ । आज २ करोड ६९ ला ७५ हजार ४९१ कित्ता शेयर १३ अर्ब २७ करोड एक लाख ८७ हजार ६०७ रुपैयाँमा कारोबार भएको छ ।

७२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज ४ वटा कम्पनी नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज युनिभर्सल पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिव श्री हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेको छ ।