प्याज खाउँ ! स्वस्थ्य रहुँ

प्याज खाउँ ! स्वस्थ्य रहुँ

शिरिष अर्ज्याल  |  जीवनशैली  |  बैशाख २२, २०७६

प्याज हाम्रो भान्साको एक लोकप्रिय बहुप्रचलित खाद्य वा भनौं तरकारी हो । प्याज खानेकुराका बिभिन्न उपयोगमा ल्याईन्छ । यो एक अत्यन्तै गुणकारी तरकारी भएकोले आयुर्वेदमा यसलाई तरकारीको राजा भनेर भनिएको हो । प्याजमा अनेकौं औषधीय गुणहरु रहनुका साथै विभिन्न भिटामिन तथा आइरन लगायत धेरै प्रकारका खनिजतत्व रहेको हुन्छ ।

प्याजलाई बिशेष गरी सलादका रुपमा सेवन गर्ने प्रचलन रहेको छ । जुन अत्यन्तै गुणकारी समेत हो । प्याजका अनेक सलादहरु विश्वभरमा प्रचलित छन् । नेपालमा प्याजलाई  ग्रिन सलादका रुपमा तयार  गरिने  तथा सेवन गरिने प्रचलन स्वास्थ्य लाभका दुष्टिकोणले अत्यन्तै गुणकारी एवं फाइदाजनक रहेको छ । काँचो प्याज सलादका रुपमा सेवनगर्दा यसमा रहेको पौष्टिकतत्व जस्ताको त्यस्तै रहन्छ । 

प्याजलाई तरकारी तथा सलादका रुपमा वा अन्य धेरै जसो खाद्यपदार्थमा मिसाउँदा समेत गुणकारी रहनुका साथै स्वादमा पनि बिशिष्ट हुने गर्छ । ग्रेभीको रुपमा प्याजको उपयोग गर्दा तरकारी, तथा, माछा–मासुलाई स्वादिलो बनाउन मद्दत गर्छ । प्याज मिसाएर खाद्यपदार्थको मात्रा पनि वृद्धि गर्न सकिन्छ । प्याजमा एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा रहनुका साथै एमिनो एसिड पनि प्रचुर मात्रामा पाइन्छ । 

प्याजको नियमित सेवनले हार्टअटैक तथा ब्रेन स्ट्रोकको सम्भावनालाई पनि  केही हदसम्म नियन्त्रण गर्ने मानिन्छ । प्याजमा रहेको एन्टीअक्सिडेन्ट तत्वले रक्त्तचाप (प्रेसर) बढ्न नदिनुका साथै रक्त्तचापलाई नियन्त्रण गर्नमा  समेत मद्दत पुर्याउने हुनाले प्याज सेवन मुटुका लागि लाभकारी मानिन्छ ।

प्याज मुख्यतया ३ प्रकारका  हुन्छन, रातो ,पहेंलो तथा सेतो । यी विभिन्न रंग मध्ये रातो प्याजमा एन्टीअक्सिडेन्टको मात्रा धेरै हुने हनाले रातो, बैजनी वा प्याजी रंगको प्याज धेरै गुणकारी हुने गरेको चिकित्सक एवं खाद्य वैज्ञानिकहरु बताउने गर्छन् ।

अमेरिकी कृषि विभागले प्रमाणित गरे अनुसार १०० ग्राम प्याजमा ४० ग्राम क्यालोरी, २ ग्राम फाइबर तथा ९.३ ग्राम कार्बोहाइडेड एवं ४ ग्राम  सुगरको मात्रा हुने गर्छ । साथै शरीरका लागि अत्यावश्यक एमिनो एसिड मध्ये लाइसिन भनिने एमिनो एसिड प्याजमा पाइने हुनाले रोग प्रतिरोध क्षमता बढाउनुका साथै स्नायु प्रणाली तथा स्नायु सम्बन्धी रोगमा सोत लाभकारी हुने मानिन्छ । एक अध्यनका अनुसार प्याजमा रहेको  सल्फरले क्यान्सर प्रतिरोधी भूमिका खेल्नुका साथै अन्य विभिन्न रोगहरु लाग्न नदिन पनि सहयोग गर्छ ।

आइरन, भिटामीन के, म्याग्नेसियम, क्याल्सीयम, बि ग्रुपको भिटामीन, भिटामीन सी जस्ता शरीरका लागि आवश्यक धेरै पोषक तत्व प्याजमा पाइन्छ । स्वस्थ मुटु तथा मुटु रोगका लागि पनि प्याज लाभकारी  मानिन्छ  । यसमा भएका तत्वले रक्त संचार सुचारु गर्ने हुनाले मुटुको लागि लाभकारी मानिन्छ । रगतका थल्काहरु जम्न नदिने, सुगरका बिरामीलाई इन्सुलिनको कमी हुन नदिने तथा ब्लड  प्रेसर  सामान्य बनाउन पनि प्याजले मद्दत गर्छ  । 

प्याजको नियमित सेवनले हार्टअटैक तथा ब्रेन स्ट्रोकको सम्भावनालाई पनि  केही हदसम्म नियन्त्रण गर्ने मानिन्छ । प्याजमा रहेको एन्टीअक्सिडेन्ट तत्वले रक्त्तचाप (प्रेसर) बढ्न नदिनुका साथै रक्त्तचापलाई नियन्त्रण गर्नमा  समेत मद्दत पुर्याउने हुनाले प्याज सेवन मुटुका लागि लाभकारी मानिन्छ । बिशेषतः जैतुनको कोलेष्ट्रोल विहीन तेल र काँचो प्याजको नियमित सेवनद्धारा उच्च रक्क्तचाप नियन्त्रणमा सघाउ पुर्याउँछ । यसको नियमित सेवनले  एल.डि.एल कोलेष्ट्रोल तथा बोसो  कम  गर्न मद्दत गर्छ ।
पुरुषको प्रोष्टेट ग्रन्थिमा प्याजले सकारात्मक असर गर्ने हुनाले प्रोष्टेट क्यान्सर लगायत प्रोष्टेट सम्बन्धी रोग  र विकार हटाउन पनि मद्दत गर्छ । यसले संभोग अवधि बढाउनुका साथै शीघ्र स्खलनको समस्याबाट समेत मुक्ति दिलाउँछ ।

प्याजमा रहेको एन्टीअक्सिडेन्टले क्यान्सर लाग्न नदिन तथा क्यान्सर प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । बिशेषतः पेटको क्यान्सर, प्रोष्टेट क्यान्सर लगायतमा प्याजलाई लाभकारी मानिएको छ । 

प्याज शारीरिक वजन कम गर्नमा समेत सहयोगी हुने मानिएको छ । प्याजमा किटाणु प्रतिरोधी क्षमता हुनुका साथै जैवीक किटाणुलाई समेत मार्ने कार्य गर्छ ।
एउटा वैज्ञानिक अनुसन्धान अनुसार प्याज किटाणुबाट रक्षा गर्न तथा जमेका  रगतका थाल्कालाईम सामान्य बनाउनमा लसुनभन्दा पनि कारगार सावित भएको छ ।

प्याजले कपाल झर्न नियन्त्रण गर्नुका साथै कपाल लामो र चम्कीलो बनाउन समेत मदतगर्छ ।