मेगा बैंक : नयाँ शाखा बाराको जीतपुरमा

मेगा बैंक : नयाँ शाखा बाराको जीतपुरमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २२, २०७८

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको बैंकले जनाएकाे  छ।

मेगा बैंक प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार  प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५ औं शाखा हो ।  मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।