माधव खेमाका नेताको प्रस्ताव: सम्मानजनक एकता नभए छुट्टिने

माधव खेमाका नेताको प्रस्ताव: सम्मानजनक एकता नभए छुट्टिने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका छन् ।

उनीहरूले अध्यक्ष केपी शर्मा ओली खेमासँग आशंका कायमै रहेको र आशंकाका बीच पहिलो प्राथमिकता भने पार्टी एकता नै हुनुपर्ने बताएका एक नेताले जानकारी दिए ।

दुवै खेमाका नेता सम्मिलित कार्यदलले १० बुँदे सहमतिमा एकताको आधार तयार पारे पनि त्यसपछिका निर्णयहरूले एकता बिथोल्ने काम भएको नेताहरूको भनाइ थियो । ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा ओली स्वयं नरहेको पुष्टि हुने उनीहरूको दाबी थियो ।

सम्मानजनक अवस्था बन्दैन भने एकता नगरेर बरु प्रगतिशील शक्तिहरूको मोर्चा गरेर अगाडि बढ्नुपर्छ भन्ने मत केही नेताको थियो ।