प्रभु बैंक : श–शरीर उपस्थिति बिनै मेशिनबाट खातामा रकम जम्मा गर्ने सुविधा सञ्चालनमा

प्रभु बैंक : श–शरीर उपस्थिति बिनै मेशिनबाट खातामा रकम जम्मा गर्ने सुविधा सञ्चालनमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २२, २०७८

 काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गरी ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै श–शरीर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन Cash Recycle Machine (CRM)  बाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ । 

 प्रभु बैंक लि.  २०७८ साउन २२ गते शुक्रवार जारी विज्ञप्तिका अनुसार सूचना प्रविधिको उच्चतम उपयोग गर्दै आफ्ना ग्राहकहरूलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट  नविनतम् बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको ब्यहोरा जानकारी गराउँदै नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै श–शरीर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन  बाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा आज मिति २०७८ साउन २२ गते शुक्रवारको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको जनाएको  छ ।

मेशिन बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह गरिएको जनाएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै योजना रहेको समेत बैंकले जनाएको  छ । 

मेशिन बाट बैंक खाता रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्नु साथै उक्त मेशिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै (Real Time)  उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट/भौचर प्रिन्ट हुनुका साथै, उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ । प्रभु बैंक लि. बाट सञ्चालनमा ल्याइएको  मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरूको लागि मात्र उपलब्ध हुने बताइएको छ  ।

नेप्स (Nepal Electronic Payment System) सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाउँदै लैजाने  समेत  जनाइएको छ  । 

प्रभु बैंकले औपचारिक रुपमा आज देखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहक महानुभावहरूको समयको बचत हुनेछ, बैंकको नगद काउन्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरुलाई यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिनु बैंकले आब्हान समेत गरेकाे छ ।