कोलकातामा सक्रिय दुई संस्थाद्वारा मेलम्चीका बाढी पीडितलाई पाँच लाख हस्तान्तरण

कोलकातामा सक्रिय दुई संस्थाद्वारा मेलम्चीका बाढी पीडितलाई पाँच लाख हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २२, २०७८

सिन्धुपाल्चोक । कोलकातामा सक्रिय रहेका  दुई संस्थाहरू श्री श्री  जानकी माता नेपाली धार्मिक सङ्घका अध्यक्ष भीमबहादुर श्रेष्ठ र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका चेयर मेन गुन्जराज श्रेष्ठले एक समारोहका  बीच  आज २०७८ साउन २२ गते शुक्रवार दिन मेलम्चीका बाढी पीडितहरूको आवास निर्माण सहयोगार्थ नगरपालिकाका मेयर डम्बर अर्याललाई नगद पाँच लाख हस्तान्तरण गर्नु भयो । 

यसैगरी कोलकाताबाट प्रकाशित 'सम्झना' पत्रिकाको अङ्क ७ को लोकार्पण पनि गरिएको थियो । कार्यक्रममा पूर्व सूचना प्रविधि तथा सञ्चार मन्त्री एवं आपद् व्यवस्थापन संयोजक सांसद मोहन बस्नेत, सांसद देवशंकर पौडेल, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सल्लाहकार राधेश्याम लेकाली, नेपाली काङ्ग्रेस उद्योग विभाग सदस्य मसिना, सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको उपस्थिति रहेको थियो । 

यसैगरी श्री श्री श्री जानकी माता नेपाली धार्मिक सङ्घका अध्यक्ष भीमबहादुर श्रेष्ठ र संयुक्त नेपा माता नेपाली धार्मिक सङ्घका संस्थापक अध्यक्ष बलबहादुर श्रेष्ठ, संरक्षक गणेश प्रधान, सल्लाहकार मोहन सिंह, सम्पर्क विभाग प्रमुख अनिल पाण्डेय, सदस्य किशोर थापा, नेपाली महिला कल्याणकारी कोष महिला समितिका उपाध्यक्ष बिन्दा श्रेष्ठसमेतको उपस्थिति रहेको थियो । 

यसैगरी श्री श्री श्री जानकी माता नेपाली धार्मिक सङ्घ नेपाली महिला कल्याणकारी कोष महिला समितिका सल्लाहकार नारायण श्रेष्ठ, सचिव रमिता कार्की, सदस्यहरू शर्मिला कार्की आदिको समेत उपस्थिति रहेको थियो ।

कोलकातामा रहेका नेपाली समुदायले रक्तदान, एम्बुलेन्स सेवा, साहित्यिक सम्मेलनहरूको आयोजना, गङगासागर मेलामा यात्रीहरूलाई सेवा सुविधा सेवा सुविधा प्रदान गर्दै नेपाली सांस्कृतिक पर्वहरूको आयोजनालगायत कार्यहरू सम्पन्न गर्दै आएको छ भने यसअगि पनि नेपालमा समस्या पर्दा सहयोग गर्दै आएको छ ।