भूपाल राई | साहित्य | श्रावण २३, २०७८
सानो छँदा
देख्थेँ -हरेक बिहान
डाँडामाथि खेलिरहेको
आफै जस्तो नवजात-घाम
गुड्दै गुड्दै
अण्डाको रातो रानी जस्तै
जब आफ्नै घरको धुरिमाथि उसलाई देख्थेँ
आमाको अध्रानो गुनिउको बुट्टा सम्झिन्थेँ
र, भन्थेँ
बाबा- 'टिपिदिन' त्यो रातो बुट्टा....
रङ्ग बनाउँछु
झण्डामा पोत्छु
एक घान, एक घैला पानीमा घोलेर
धेरै दिनदेखि उग्लिएको
आमाको चोली रङ्गाउँछु ।'