सुशीला नेपाल | साहित्य | श्रावण २३, २०७८
गीत गाउँदै हिँड्दा बैँस आयो गाउँभरि भन्थे
नाच्दै हिँड्दा छँटाएर डिही दिनभरि भन्थे । हिँड्दा
साना बेला गरेको त्यो कार्यले आज दिन आउँछ
प्रतिभाका लहरले गीत बनी संसार जिताउँछ ।
खै त बुझेको अभिभावकले आफ्ना बच्चाको प्रतिभालाई
दबाएर राखिदिने मनमा लागेको क्षमता रहरहरूलाई
कान्लामा भात पकाइ धूवाँ बाली पकाएको वनभोजले
आज जिउन सिकाएको छ सङ्घर्ष र मेहनतको फलले
जीवन जिउन सिकाएनौ किन संसारसँग लड्न सिकाएनौ किन ?
खालि पानामा कोर्न मात्र सिकायौ समस्यासँग जुध्न सिकाएनौ किन ?
कालो माटो खेल्न फुर्सद हुँदा कथा सुनाएनौ किन ?
मेरा साना साना लुगा धुन् जतन गर्न सिकाएनौ किन ?
फूल झैँ थियो मेरो जीवन पानी हाल्न सिकाएनौ किन ?
परिवारसँग सकारात्मक सञ्चार गर्न सिकाएनौ किन ?
माया गर्छु मात्र भन्यौ महसुस गर्न पाइन किन ?
रमाएर हात समाइ हिँड्न अनि बोल्न पाइन किन ?
अनि कसरी मिल्छ बाबा आमा तपाईँले सोचेका जस्तो छोरा छोरी हुन
जस्तो बिउ दियौ त्यस्तै फल्छ नि होइन संसारमा आफूलाई रिझाउन
पछुतो पछि होइन अगाडि नै सोच्नुपर्छ छोराछोरी हुर्काउन पहिला आफै बदलिनू पर्छ
परिवार खुसी भए सन्सार जित्न सकिन्छ अनि समाजमा तिम्रै बच्चा भनी नाम लेखाउनुपर्छ ।