अध्यक्ष दाहालद्धरा ‘ग्रेट डिबेट’ मा सहभागी कार्यकर्तालाई आव्हान

अध्यक्ष दाहालद्धरा ‘ग्रेट डिबेट’ मा सहभागी कार्यकर्तालाई आव्हान

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो आफूहरू जनयुद्धका समय कहिले जङ्गलमा सुतियो, कहिले कहाँ । त्यति वेला जङ्गल जस्तो लाग्दैनथ्यो, तर आज काठमाडौँ जनताका बिचमा रहँदा जङ्गलमा रहको अनुभूति भएको अभिव्यक्ति दिनु भएको छ । 

यस्तो अभिव्यक्ति आइतबार नेपाल पाज्ञ प्रतिष्ठानमा कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीको अवसरमा कार्ल मार्क्स, द्धिसतबार्षिकी समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा कार्यकर्ता सबैमा विश्वास, प्रेम, भरोसा थियो तर आज लाखौँ करोडौँ जनताको बिचमा एक्लै भएको जस्तो अनुभूति गरिरहेको सुनाउनृ भएको थियो ।  

 सम्बोधनका क्रममा अहिलेका नेताहरू कार्ल मार्क्सभन्दा सुविधा सम्पन्न भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘कार्ल मार्क्स सर्वहारा वर्ग, श्रमजीवी वर्गको त्याग तपस्या गरेर नै बित्नुभयो । तर, अहिले हामी उहाँ भन्दा सम्पन्न भएका छौँ । हाम्रा आफ्ना घर, गाडी सबै सुविधा सम्पन्न भएका छौ, ‘त्यस कारण अहिले कहिँन कहीँ केही ‘मिस’ भएको र त्यसलाई खोज्नुपर्ने, अनुसन्धान गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आउको बताएका थिए ।  

अध्यक्ष प्रचण्डले हिजोको जस्तो विचार, स्प्रिट, त्याग तपस्या र बलिदान गर्दा आनन्द आउने भन्दै अहिले पार्टीलाई गतिशील बनाउन जस्तो सुके त्याग गर्न तयार हुनुपर्ने अभिव्यक्ति दिँदै आफै पार्टी निर्माण गर्नको लागि सबे कुरा त्याग गरेर जङ्गल पस्न पनि तयार रहेको अभिव्यक्ति दिनु भएको थियो । त्यसका लागि भोलि (सोमबार) पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि उनले जानकारी दिए । उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेवित्तिकै करिब ८ महिना पार्टीका जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने योजना पनि अघि सारे । 
पार्टीका जिल्ला अधिवेशनहरूमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने बताउँदै पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आव्हान समेत गरेका थिए ।

त्यसै गरी सोहीक कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठा नेता झलनाथ खानलल पर्टी एकिकरण र वर्तमान अवस्थामा गर्नुपर्ने छ कार्यभारको बारेमा अभिव्यक्ति दिनु भएको थियो । लोकतन्त्रको सुदृढिकरण, राष्ट्रियता सुशासन, सामाजिक रूपान्तरण, संस्कृति र संस्कार र वैदेशिक संस्कारको बारेमा अभिव्यक्ति दिनु भएको थियो ।

कार्ल मार्क्स, द्धिसतबार्षिकी समारोह समितिका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य घनश्याम भूषलले स्वागत मन्तव्य व्यक्त गर्दै कस्तो खालको आचरण भएको सङ्गठन निर्माण गर्ने भन्ने बारेमा विषय प्रस्तुत गर्नु भएको थियो ।