प्रचण्ड-देउवाबीच भेटघाट, सरकारलाई पूर्णता दिने विषयमा छलफल

प्रचण्ड-देउवाबीच भेटघाट, सरकारलाई पूर्णता दिने विषयमा छलफल

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २४, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा भेटघाट भएको छ ।

सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् । 

आज बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्डले आजै बिहान सिन्धुपाल्चोकका बाढीपीडितसँग आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताउँदै छलफल गर्न बालुवाटार जान लागेको बताएका थिए । 

देउवा नेतृत्वको गठबन्धनको सरकार गठन भएको एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्‌ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्को पूर्णताका लागि ग७बन्धन दलहरूबीच पटक पटक बैठक भए पनि सहमति बन्न सकेको देखिँदैन ।