एक हजार ५०० रुपैयाँ सस्तियो सुन

एक हजार ५०० रुपैयाँ सस्तियो सुन

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २४, २०७८

सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । शुक्रबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार २४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार एक हजार २६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।