फोरम र नयाँ शक्ति पार्टीबीच एकता: भट्टराई र यादव नयाँ पार्टीको अध्यक्ष बन्ने

फोरम र नयाँ शक्ति पार्टीबीच एकता: भट्टराई र यादव नयाँ पार्टीको अध्यक्ष बन्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २२, २०७६


काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकतापछि बन्ने नयाँ पार्टी ‘समाजवादी पार्टीको नेपाल’को अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव हुने भएका छन् । 
सोमबार घोषणा हुने भनिएको पार्टीको अध्यक्षबारे आज टुंगो लागेको हो । भट्टराई संघीय परिषद् र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् । 
पार्टीमा संघीय परिषद्लाई केन्द्रीय समितिभन्दा बलियो बनाइएको छ । एक नेताका अनुसार पार्टीको संघीय परिषद्ले केन्द्रीय समितिको निर्णय आवश्यक परे उल्ट्याउन सक्नेछ । 
नयाँ पार्टीको वरियताको विषय पनि टुंगिएको छ । पार्टीको वरियतामा भट्टराई पहिलो र यादव दोस्रो नम्बरमा छन् । 
नयाँ बन्ने पार्टीमा २ अध्यक्ष, ८ उपाध्यक्ष, ३–३ महासचिव र उपमहासचिव र ५ सचिव रहनेछन् ।