भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवालीद्वारा रिट दायर

भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवालीद्वारा रिट दायर

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २४, २०७८

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सरकारले आयोग खारेज गर्ने निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गरेका हुन् ।

ज्ञवालीसहित आइतबार थप २ वटा रिट दायर भएका छन् । आयोग खारेजीविरुद्ध शुक्रबार २ वटा रिट दायर भएका थिए । आयोग खरेजसम्बन्धी ५ वटा रिट एउटै ठाउमा राखेर सुनुवाइ गर्न भोलि पेसी तोएिको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।