‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ एनसेलको सिम कार्ड निःशुल्क प्राप्त !

‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ एनसेलको सिम कार्ड निःशुल्क प्राप्त !

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २४, २०७८

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरूले आकर्षक विशेषताका रुपमा  एनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने व्यवस्था  गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बैंक जनाएको छ ।

मेगा बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले दिनु भएको जानकारी अनुसार  'शून्य मौज्दात'  मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरूले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरू सहितको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरू दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरूलाई यो अफर ल्याएको हो । मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ् बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिम कार्ड नयाँ खाता खोल्ने ग्राहकहरूका साथसाथै यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैङ्किङ सुविधा उपभोग गर्नुहुने ग्राहकहरूलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ । साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैङ्किङ र मेगा अनलाइन बैङ्किङको प्रयोग गर्न अन लिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ । यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकहरूले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपियाँ मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुने समेत जनाइएको छ  ।

यो सेवाको उपभोगसङै आम ग्राहकबर्गहरुले कम लागतमा सञ्चार प्रविधिमा पहुँच, बचतमा प्रोत्साहन एवं डिजिटल प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विस्तारमा समेत योगदान रहने मेगा बैंकको विश्वास रहेको  जनाइएको छ ।