मन्त्रिपरिषद् बैठक बस्दै, यी छन् एजेण्डा

मन्त्रिपरिषद् बैठक बस्दै, यी छन् एजेण्डा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

सरकार गठन गरेको एक महिना बित्दा पनि मन्त्रिमण्डल बिस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

देउवा नेतृत्वको मन्त्रिमण्डलमा ४ जना मात्रै मन्त्री छन् । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा म बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।  

बैठक नियमित भएकाले कोरोना महामारी रोकथाम र सरकारका कामकारबाही मात्र एजेण्डा रहेको बताइएको छ । सर्वोच्च अदालतको परमादेशमा गत २९ असारमा प्रधानमन्त्रीको शपथ लिएका देउवाले तत्काल मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका भए पनि गठबन्धन दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद् बिस्तार अलमलमा परेको छ ।

आइतबार सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको थियो । अब भने मन्त्रिपरिषद् बिस्तार हुन सक्ने आँकलन गरिएको छ ।