रामचन्द्र पौडेल खेमाको बैठक बस्दै

रामचन्द्र पौडेल खेमाको बैठक बस्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २५, २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगंजमा आज दिउँसो ३ बजे बस्ने बैठकमा पौडेल पक्षीय केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकमा १४औँ महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ ।

नेता पौडेलले आज बिहान सामाजिक संजालमा लेख्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए । उनले समयमै महाधिवेशन नगरी पार्टीलाई निर्वाचन आयोगमा भिख माग्नुपर्ने अवस्थामा पुर्‍याएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।