एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २५, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक जारी छ । दिउँसो ३ बजेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । 

जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एक केन्द्रीय नेताले बताए । एमालेले आगामी २७-२८ भदौका लागि विधान महाधिवेशन तय गरिसकेको छ । स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेस हुने बताइएको छ ।

संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल खेमा भने अनुपस्थित रहँदै आएको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने सो खेमाको अडान छ ।