कँडेल र  राठौरलाई  मन्त्री बनाउन कार्यकर्ताहरुको माग

कँडेल र  राठौरलाई  मन्त्री बनाउन कार्यकर्ताहरुको माग

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २५, २०७८

काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दमदार 'देवेन्द्रराज' सदाबहार 'किशोर'  मन्त्रीमण्डल विस्तारितमा समावेश हुन सक्ने दुई अनुहारको अनुमान र चर्चाको केन्द्रमा रहेका छन् । 

नेपाली काँग्रेसको अनुशासन समितिका सदस्यहरू देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर एक आपसमा समसामयिक विषयमा गफिँदै गर्दा केही कार्यकर्ताले यी दुवैलाई मन्त्री बन्ने सम्भावना रहेकाे भन्दै 'अग्रिम बधाई !' दिई रहेका छन् ।

शेरबहादुर देउवासँग यी दुवै नेताहरूको साइनो अजब र गजबको रहेकाे हुँदा पनि  कार्यकर्ताहरुले 'अग्रिम बधाई !'  दिनुलाई स्वभाविक रुपमा  लिन्छन्  समानुपातिक सांसद र पार्टी केन्द्रीय सदस्य किशोर राठौर  । नेपाली का‌ग्रेस भित्र कार्यकर्ताहरू यी दुई नेताहरू शेरबहादुर देउवाका खास सहयोगी हुन भन्ने विश्वास गरेकै आधारमा पनि बधाइ दिने गरिएकाे कर्यकर्ताहरुले बताउने गर्छन्।

नवलपरासी पश्चिम र बर्दियाका यी दुई नेताहरूको स्वभाव 'स्पष्ट' बक्ताका रुपमा लिइन्छ । विद्यार्थी फाँटबाट पार्टीको केन्द्रीय सदस्यसम्म हुन पुगेका राठौर त झन् 'खरो वक्ता' का रुपमा गनिन्छन् । 

स्वभावतः यी दुवै नेताहरू राजनीतिमा पदका लागि मरिहत्ते नगर्नेको पङ्क्तिमा पर्ने गरेकाे समेत बताइन्छ । कँडेलको पारिवारिक पृष्ठभूमि पूर्णरुपमा राजनीतिक हो । उहाँकी हजुरआमा राधादेवी कँडेल २०१५ सालमा नेपाली काँग्रेस संसदीय समितिको सदस्य हुनुहुन्थ्यो । बुवा पृथ्वीराज पनि २०१५ सालमा निर्वाचित सांसद हुनुहुन्थ्यो ।

कँडेलमाथि २०६० भदौमा ललितपुरको कुसुन्तिमा माओवादीले गोली प्रहार गरेको थियो । १७ राउन्ड गोली प्रहार भएकोमा ७ राउन्ड उहाँलाई लागेको थियो । अझै पनि एउटा गोली छातीमै रहेकाे चिकित्सकहरुले बताउँदै आएका छन् । पछिल्लो पटक २०५६ सालमा कँडेल गृह राज्य मन्त्री समेत भइसेका व्यक्ति हुन । कँडेल पार्टीभित्र र बाहिर सबैले  'दमदार' नेताका रुपमा  चर्चित छन् । 

 देउवाले नेपाली काँग्रेसबाट अलग भएर प्रजातान्त्रिक गठन गर्दा पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष भएर  राठौर देशभरी सङ्गठन निर्माणमा खटिएका  चर्चित  पात्र हुन ।  त्रिचन्द्र कलेज र टियुमा मात्रै नभई काँग्रेसको 'मियो'  विद्यार्थी राजनीतिमा राठौर सदाबहार नेता मानिन्छन् ।  पार्टीमा उनी अहिले समानुपातिक सांसद र पार्टी केन्द्रीय सदस्यको भूमिकामा  रहेका छन् ।

केन्द्रको राजनीतिसँगै जिल्लामा बढी केन्द्रित रहने राठौर  पछिल्लो समय नेपालगन्जमा रहेको पुर्ख्यौली घरमा बस्दै आएका छन् । बेलाबखत काठमाडौँ आउजाउ गरे पनि उनी बर्दिया र बाँकेको सेरोफेरोलाई कर्यक्षत्र बनाइरहेका छन् ।

यी दुवै नेताहरूको स्वभाव र काम गर्ने शैलीका कारण नै देउवाले उनीहरूलाई सङ्गठनमा बेलाबेलामा महत्त्वपूर्ण जिम्मेवारी दिएका हुन्छन् तर यति बेला मन्त्रीमण्डलमा यी दुवै अनुहारलाई समावेश गर्छन् कि गर्दैनन् त्याे त समयले नै बताउने छ ।

१३ओं महाधिवेशनमा केन्द्रीय सदस्य राठौर देउवालाई सभापति बनाउनमा कम्मर कसेर लाग्नेहरू  मध्येका एक पत्र हुन । कँडेल पनि देउवालाई भरथेग गर्ने मध्येकै हुन । यति हुँदाहुँदै पनि देउवा नेतृत्वको मन्त्रीमण्डलमा यी २ अनुहार अटाउँछन् कि अटाउँदैनन् भन्ने स्पष्ट भने भइसकेको भने छैन । अन्य दलसँगको समीकरण,पार्टीकै आन्तरिक समीकरण र 'किचन-क्याविनेट' लगायतका 'फ्याक्टर' ले काम गर्ने त छँदैछ । 

कार्यकर्ताहरूमाझ हुन्छु वा हुँदाहुँदै भनेर खरो रुपमा बोल्ने राठौर र पार्टीको आन्तरिक समीकरणमा दखल राख्ने कँडेलको स्वभावका कारण यी दुवै पात्र मन्त्री बन्नु पर्ने कार्यकर्ताले माग गर्दै  नेताहरुलाई दबाब  दिइरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको 'किचन क्याविनेट' यी दुवै अनुहारलाई अत्यन्तै नजिकबाट बुझ्ने भएका कारण पनि कार्यकर्ता  'अग्रिम बधाई !'  दिएका होलन्  । पार्टी केन्द्रीय सदस्य तथा सा‌स‌ंद  देवेन्द्रराज कँडेलले लोकस‌ंवाद भने । भानु देउवा हुन वा प्रकाश देउवा अथवा आरजु राणा वा अन्यहरूसँग निकट र  दुवै जनाको स्वभाव र काम गर्ने शैलीबारे जनकार भएका कारण चर्चाले स्थान पाउनुमा जिम्मेवार रहेकाे बताउनेहरु पनि धेरै छन् । 

यति बेला मन्त्रीमण्डलमा थप हुनेहरूका विषयमा 'नगोशियशन' र 'कम्प्रमाईज' चलिरहेको बताइन्छ ।प्रधानमन्त्री देउवा महाधिवेशनमा विगतमा झै सहयोग गर्ने पात्रलाई  पदाधिकारीमा प्रस्तुत गर्ने र सुरक्षित  गर्ने  सूचिमा दुबैकाे नाम रहेकाे छ ।