एमाले विधान: निर्वाचित केन्द्रीय सदस्यले पदाधिकारी चुन्ने नयाँ व्यवस्था, पोलिटब्युरो र वैकल्पिक सदस्य हटाइयो

एमाले विधान: निर्वाचित केन्द्रीय सदस्यले पदाधिकारी चुन्ने नयाँ व्यवस्था, पोलिटब्युरो र वैकल्पिक सदस्य हटाइयो

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २५, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकबाट पारित भएको 'विधान संशोधन प्रस्ताव'मा अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ  ।

यसरी नै केन्द्रीय कमिटीको संख्या २२५ जना हुने प्रस्ताव पनि गरिएको छ । संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको छ । प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेपछि लागू हुनेछ ।