काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २६, २०७८

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी संयुक्त बैठक बसी निषेधाज्ञाबारे निर्णय लिने बताइएको छ ।

आज दिउँसो २ बजे बैठक बस्ने तयारी भएको स्रोतको भनाइ ५ । कोरोना संक्रमण जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्नुपर्ने देखिएको र यस विषयमा बैठकमा छलफल गरेर निर्णय हुने एक प्रजिअले बताए ।

गत १६ वैशाखदेखि जारी उपत्यकाको जारी निषेधाज्ञा आगामी भोलि बुधबार सकिँदै छ ।