अर्थमन्त्रीलेे संसदमा प्रस्तुत गरे श्वेतपत्र (दस्तावेजसहित)

अर्थमन्त्रीलेे संसदमा प्रस्तुत गरे श्वेतपत्र (दस्तावेजसहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २६, २०७८

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद समक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । 

यसमा वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरू के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्यांकीय झलक प्रस्तुत गरिएको छ । 

अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए । सत्ता सहयात्री दलहरूबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड- १९ महामारीको कारण सिर्जित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने उनले बताए । 

कोभिड- १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्यांक प्राप्त भएको जानकारी गराए ।

यस्तो छ श्वेतपत्र