फेरि घट्यो सुनको मूल्य

फेरि घट्यो सुनको मूल्य

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २७, २०७८

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हजार ८०० रुपैयाँमा आइपुगेको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजावी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ कायम गरेको छ ।

मंगलबार ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ ।

मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।