मानुषी लघुवित्तको आईपीओ खुला

मानुषी लघुवित्तको आईपीओ खुला

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २७, २०७८

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ) आजदेखि बिक्री खुला भएको छ ।

आजदेखि बिक्री खुला भएको आईपीओ ३१ साउनसम्म खुला हुने कम्पनीले जनाएको छ । १०० रुपैयाँ अंकित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट रहेको छ  ।

३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ करोड ९३ लाख ७५ हजार कित्ता आईपीओ निश्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिए । उनका अनुसार त्यसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निश्कासन गरिएको हो ।

आईपीओ जारी भएपछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एपमार्फतसमेत आईपीओमा आवेदन दिन सक्नेछन् ।