मेस्सी अब ३० नम्बर जर्सीमा

मेस्सी अब ३० नम्बर जर्सीमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण २७, २०७८

अर्जेन्टिनाका फुटबल स्ट्राइकर लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध भएका छन् ।

झण्डै २ दशक बार्सिलोनामा बिताएका मेस्सीले मंगलबार पीएसजीसँग औपचारिक सम्झौता गरेका थिए । पीएसजी र मेस्सीबीच २ वर्षका लागि सम्झौता भएको छ ।

बार्सिलोनामा रहँदा १० नम्बरको जर्सी लगाउने मेस्सी पीएसजीमा भने ३० नम्बरको जर्सी लगाएर मैदानमा उत्रनेछन् ।