आजको नेप्से: जलविद्युत् र पर्यटनमा आकर्षण, ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

आजको नेप्से: जलविद्युत् र पर्यटनमा आकर्षण, ६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण २७, २०७८

बुधबार शेयर बजारमा लगानीकर्ताको आकर्षण जलविद्युत् र होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा बढ्दा नेप्से परिसूचक स्थिर देखिएको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेको छ ।

आज २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँमा कारोबार भएको छ । ८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ ।

आज जलविद्युत् सवइन्डेक्स ३.९२ प्रतिशत र होटल तथा पर्यटन सवइन्डेक्स २.७८ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत् परियोजना, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरलगायतका कम्पनी छन् ।