प्रज्ञा–प्रतिष्ठानद्वारा डा. शर्मा र शाक्यलाई आजीवन र प्रा.डा. मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता प्रदान

प्रज्ञा–प्रतिष्ठानद्वारा डा. शर्मा र शाक्यलाई आजीवन र प्रा.डा. मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साधक डा. तारानाथ शर्मा र वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ ।

विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/ नियात्रा, कथा र उपन्याससृजना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययन/अनुसन्धान, सम्पादन एवम् प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साधक प्रा.डा. तारानाथ शर्मालाई र नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका शाक्यलाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो । 

यसैगरी र दर्शनशास्त्रका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही अध्ययन/अनुसन्धान, प्रकाशन र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साधक प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । 

आजीवन सदस्य तथा मानार्थ प्राज्ञ सदस्य सिफारिसका निम्ति योग्यतम र वरिष्ठ साधक छनोट गरी सिफारिस गर्न कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा उपकुलपति डा. जगमान गुरुङको संयोजकत्वमा प्राज्ञ परिषद् सदस्य प्रा.दिनेशराज पन्त र प्रा.डा. उषा ठाकुर सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो । सोही सिफारिसका आधारमा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्को बैठकले आजीवन तथा मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।  

तारानाथ शर्मा (ताना सर्मा) 
(समालोचक)


जन्म/स्थान: 
वि.सं.१९९१ असार ९, बरबोटे, इलाम ।
माता/पिता: 
देवकी उपाध्याय भण्डारी, प्रजापति उपाध्याय भण्डारी ।
शिक्षा: 
एम.ए. (अङ्ग्रेजी, भाषा), विद्यावारिधि (भाषाविज्ञान) ।
सेवा: 
प्राध्यापन, सम्पादन ।
पहिलो रचना: 
इलाम (प्रबन्ध, साथी साप्ताहिक, २००८) ।
कृति/सृजना:

 नमस्ते (निबन्ध–सङ्ग्रह, २०१८), घोत्ल्याइँहरू (समालोचनासङ्ग्रह, २०२१), मेरो कथा (उपन्यास, २०२३), ओझेल पर्दा (उपन्यास, २०२३), जमर्काहरू (निबन्धसङ्ग्रह, २०२५), पश्चिमका केही महान् साहित्यकार (समीक्षात्मक जीवनीसङ्ग्रह, २०२६), बेलायततिर बरालिँदा (नियात्रासङ्ग्रह, २०२६), दुई पोका चुरा (कथासङ्ग्रह, २०२६), भानुभक्तदेखि तेस्रो आयामसम्म (समालोचनासङ्ग्रह, २०२७), नेपाली साहित्यको इतिहास (साहित्यिक इतिहास, २०२७), नेपाली साहित्यको ऐतिहासिक परिचय (साहित्यिक इतिहास, २०२९), सम र समका कृति (समालोचना, २०२९), सुली (उपन्यास, २०३०), जीवनका छाल (निबन्धसङ्ग्रह, २०३०), इन्टरमिडियट नेपाली रिडर (२०३७), श्री ५ र पञ्चायत (इ.सं.१९८५), पाताल–प्रवास (यात्रानिबन्धसङ्ग्रह, २०४२), सुम्पन ल्याएँ (समालोचनासङ्ग्रह, २०४४), श्रद्धाका सुमन (निबन्धसङ्ग्रह, २०४४), श्री ५ बडामहारानी सरकार र सामाजिक सेवा (लेखसङ्ग्रह, २०४५), झझल्को (उपन्यास, २०४५), नेपालदेखि अमेरिकासम्म (उपन्यास, २०४८), हाम्रो नेपाली व्याकरण (श्रेणी ५ र ६ का लागि, २०५१), सजिलो नेपाली (२०५२), आँसु छचल्किँदै जान्छ (निबन्ध, इ.सं.१९९९), विगिनि· नेपाली, इन्टरमिडियट नेपाली स्ट्रक्चर, इन्टरमिडियट नेपाली स्ट्रक्चर वर्कबुक, इन्टरमिडियट नेपाली रिडर वर्कबुक, द क्राउन एन्ड द पञ्चायत डेमोक्रेसी इन नेपाल (अङ्ग्रेजी कृति, इ.सं.१९८७), हाम्रो नेपाली व्याकरण (श्रेणी ७ र ८ का लागि), आदि ।
सम्पादन/अनुवाद: 

बल्दो दियो (कथासङ्ग्रह, संयुक्त सम्पादन, २०१३), आमाको सपना (गोपालप्रसाद रिमालको कवितासङ्ग्रह, २०२०), नासो (गुरूप्रसाद मैनालीको कथासङ्ग्रह, २०२१), पच्चीस वर्षका नेपाली निबन्ध (निबन्धसङ्ग्रह, २०३९), चाँदनी शाहका कविता (कवितासङ्ग्रह, २०३९), समसामयिक साझा कविता (२०४०), म (२०४०), समसामयिक साझा कविता (२०४०), ऊ भएर मेरो अभिव्यक्ति (कवितासङ्ग्रह, २०४४), सुमिदा नदी र अरू कथाहरू (अनु., २०४६), दि राइजि· नेपाल (अङ्ग्रेजी दैनिक, प्रधान सम्पादक), जापानिज बुद्धिज्म (इ.सं.१९९६), सेलेक्टेड नेपाली पोएम्स् (इ.सं.१९९९), उकालो (वार्षिक, संयुक्त सम्पादन), महेन्द्र माला कथा ९/१०, नौलो पाइलो (त्रैमासिक), हिमज्योति (मासिक, हस्तलिखित), ब्यायज् युनियनको स्मारिका, पिस फर प्रोस्पेरिटी आदि ।
पुरस्का/सम्मान:

 रत्नश्री स्वर्णपदक (२०२३), मदन पुरस्कार (२०२६), साझा पुरस्कार (२०२९), महेन्द्र विद्याभूषण (२०३८), श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखेबापत विशेष पुरस्कार (२०३९), राष्ट्रिय प्रतिभा पुरस्कार (२०६१) आदि । गान्तोक (सिक्किम) मा अभिनन्दन (२०४५), इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान (२०५२), बगर सम्मान (इ.सं.१९९९) ।

हालको ठेगाना: 
सरस्वती टोल, धोबीखोला, चाबेल, काठमाडौँ । सम्पर्क नं.४४७१९५५ । इमेल: tanasharma@hotmail.com 

नरेश शाक्य ’नीरज“ (नरेशकुमार शाक्य)
(कवि, नेपाली भाषा)

जन्म/स्थान:
 वि.सं.२००३ मङ्सिर १०, धरान, सुनसरी ।
माता/पिता: 
जगतकुमारी शाक्य, गङ्गाप्रसाद शाक्य ।
शिक्षा:
 बी.ए. ।
सेवा:
 
अध्यापन ।
पहिलो रचना :
 कलिलो बालक (कविता, रूपरेखा, २०२२) ।
कृति/सृजना:
नरेश शाक्य ‘नीरज’का कविता र गीतहरू (कवितासङ्ग्रह, २०४९), परिवेश (कवितासङ्ग्रह, २०५६), अन्धकारको वृत्तभित्र (२०६३), सुस्केराको अन्तरकथा (२०६४), क्यानभासमा (कविता, २०६५), एउटा फर्जी घोषणाको विरुद्ध (२०७१), घामका पाइलाहरू (२०६८) ।
सम्पादन/अनुवाद:
कोशीको कोसेली (कविता सङ्कलन, २०२१), आक्रोश (कथासङ्ग्रह, कोशीका कथाकारहरूको कथा, २०२१), साहित्य सुधा (साहित्य स·म, आठराई, २०२६), प्रेरणा (सामयिक सङक्लन, धरान) ।

पुरस्कार/सम्मान: 
साहित्य सन्ध्या सम्मान (२०५०), फ्रि नेपाल डट कमद्वारा साहित्य सम्मान (२०६२) । महानन्द पुरस्कार (२०४८), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५२), साहित्य सन्ध्या पुरस्कार, साहित्यिक पत्रकार सङ्घद्वारा पुरस्कृत (२०६२), राष्ट्रिय प्रतिभा पुरस्कार २०६९), कवि व्यथित काव्य पुरस्कार (२०६२), अस्विकृत विचार पुरस्कार २०६३), प्रज्ञा साहित्य पुरस्कार (२०७२), गोपाल प्रसाद रिमाल पुरस्कार (२०७५) ।
हालको ठेगाना: 
तारकेश्वर न.पा.४, काठमाडौँ । सम्पर्क नं.५५३३७५५, ९८०३५१९४९२, ९८०८१७१०३५ ।

वीरेन्द्रप्रसाद मिश्र 
(लेखक, नेपाली/अङ्ग्रेजी भाषा)


जन्म/स्थान:
 इ.सं.१९४० डिसेम्बर, १, पिपरा, महोत्तरी ।
माता/पिता: 
उत्तमदेवी मिश्र, रामनन्दन मिश्र ।
शिक्षा: 
एम.ए., बी.एल., विद्यावारिधि (दर्शनशास्त्र) ।
सेवा: 
प्राध्यापन, निर्वाचन आयोग (संवैधानिक सेवा) ।
पहिलो रचना: 
द वे अफ लाइफ इन द महाभारत (इ.सं.१९६७, भारत) ।
कृति/सृजना:
 इथिक्स अफ द हिन्दूज (अङ्ग्रेजीभाषा, २०३९), दर्शनशास्त्र ः एक परिचय (२०४०), प्रजातन्त्र, निर्वाचन प्रणाली र प्रतिनिधित्व (२०६०), दि बिल्डिङ नेपाल (२०६४), रिबाइलिङ नेपाल (२०६४), दि नेप्लिज पिस प्रोसेस (२०६४), दर्शनशास्त्र परिचय (२०६५), रिभिजिटिङ द नेप्लिज पिस प्रोसेस (२०६९), मिनिङफूलनेश अफलाई (२०७४), धर्म इन द हिन्दू इथिक्स (२०७५), एस्सेज अन इण्डिएन डिप्लोमेटिक डिलेमा इन् नेपाल (२०७६)  ।
पुरस्कार/सम्मान: 
महेन्द्र विद्याभूषण (२०२५), गोरखा दक्षिणबाहु दोस्रो (२०५१) ।

हालको ठेगाना: 
९२/२२ मितेरीमार्ग, बानेश्वर, काठमाडौँ । सम्पर्क नं.४४७२२६०, ४४७९२०७ । इमेल: mishra_bp@yahoo.com