कांग्रेस केन्द्रीय समिति बैठक जारी

कांग्रेस केन्द्रीय समिति बैठक जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण २९, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ः३० बजेदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले केन्द्रीय सदस्यहरूको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी १६-१९ भदौसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि, क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए । अन्य ९ जना केन्द्रीय सदस्यले पनि धारणा राखेका थिए ।