कर्मचारी समायोजन: केन्द्र र स्थानीय तहबीच द्वन्द्व बढ्दै

कर्मचारी समायोजन: केन्द्र र स्थानीय तहबीच द्वन्द्व बढ्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडौं । स्थानीय तहले आफूसँग समन्वय नगरी संघले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने स्पष्ट पारेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले समायोजनको नाउ“मा कर्मचारी पठाउन आफूसँग कुनै समन्वय नगरेको भन्दै संघबाट आएका कर्मचारीहरुलाई हाजिर गराउन नसकिने स्पष्ट पारेका हुन् । संघीयताको मर्म विपरीत एकपछि अर्को गर्दै संघले हस्तक्षेप गर्दै आउने क्रममा अहिले स्थानीय तहमा कर्मचारी भर्ना पनि संघले नै गर्ने तयारीप्रति स्थानीय तहले तीब्र असुन्तुष्टि जनाएको हो ।

नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिकाले यस विषयमा सार्वजनिक रुपमा अडान रँख्दै आएकोमा विहीबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटेर नै यस विषयमा स्पष्ट पारिसकेको जनाएको छ ।

समायोजन सकिएलगत्तै संघले हाजिर नगराउ“दा काममा समस्या आएको र समायोजन प्रक्रिया नै अवरुद्ध भयो भन्दै हाजिर गराउन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको थियो । पत्राचारपछि पनि हाजिर गराउने विषयमा स्थानीयका जनप्रतिनिधि सकारात्मक नभएपछि मन्त्रालयले वार्ताको लागि आहवान गरेको थियो । मन्त्रालयले बोलाएको वार्ता पनि बिना निष्कर्ष टुंगिएको थियो। ‘समायोजन कार्यलाई कसैले पनि सकसपूर्ण बनाउनुहुँदैन ।’–सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भन्नुभयो। आजको नेपाल समाचारपत्रमा खबर छ ।