पशुपति क्षेत्र विकास कोषको पदाधिकारीमा बालुवा माफियाको गिद्धे नजर !

पशुपति क्षेत्र विकास कोषको पदाधिकारीमा बालुवा माफियाको  गिद्धे नजर !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७८

 काठमाडौँ । विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको हिन्दुहरूको आस्थाको प्रतीक धार्मिक एवं आराध्य देव पशुपतिनाथको संरक्षण र संवर्द्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषमा पदाधिकारी नियुक्तिका लागि बालुवा माफियाले गिद्धे नजर लाउन थालेका छन् । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रतीक ढकालको कार्यकाल  यही २०७८ साउन ३१ गते आइतबारबाट समाप्त हुँदै छ भने साथै कोषाध्यक्षको पदावधि पनि हप्ता दिन भित्र समाप्त हुँदै छ । अहिले सदस्य सचिव र कोषाध्यक्ष पदमा  नियुक्तिको लागि  ठुलो धनराशि बोकेर मारवाडी समुदायका व्यक्तिहरू शक्ति केन्द्र धाइरहेको पशुपति क्षेत्र विकास कोषमा चर्चाको विषय बनिरहेको छ । 

५०० भन्दा बढी सम्पदाको संरक्षण र तीर्थयात्री लगायतलाई सुविधा दिनका लागि गठन भएको पशुपति क्षेत्र विकास कोष कहिले भारतले बनाइ दिएको धर्मशालालाई ठेकेदार आनन्द वताससँग मिलेर तीर्थयात्रीले बस्न नसक्ने महँगो गरी 'थ्रि स्टार'  होटल सरह वनाउने गिरोह नै अहिले सदस्य सचिव र कोषाध्यक्ष हत्याउने खेलमा लगिरहेको समाचार छ । 

पशुपति क्षेत्र विकास कोषका नाममा भएा  जमिन लिजमा दिने, ब्यक्तिका नाममा दर्ता गर्ने  र  गोठाटार को बालुवाको लागी बिचौलियाले शक्ति केन्द्रसङ साँठगाँठ गरी हत्याउन उक्त गिरोह सक्रिय रहँदै आएका छ । 

यहि साउन ३१ गते सदस्य सचिवको म्याद सकिने र कोषाध्यक्षको म्याद भदौ १२ गते सकिने हुँदा चलखेल तीव्र बनेको हो । सदस्य सचिवको लागि बालुवा माफिया पैसा वाकेर बालुवाटारमा धाइरहेको समाचार प्राप्त भएको छ । 

सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा तारिख धाइरहेका बालुवाको भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका पूर्व सदस्य सचिव सुशील नहटा, शङ्कर अक्सिजन ग्यासको मालिक शङ्कर अग्रवाल, बतास ग्रुपले हालका विवादित र भ्रष्टाचार मा लिप्त सदस्य सचिव प्रदीप ढकाललाई बोकेर बालुवाटारमा धाइरहेका छन् । पशुपति क्षेत्र जस्तो धार्मिक र पवित्र स्थलमा पैसाको चलखेलले धार्मिक आस्था माथि चोट पुगेको छ । जितेन्द्र देव र विजय गच्छदारले पैसा नै खाएर प्रदीप ढकाल र कोषाध्यक्षमा मिलन थापालाई नियुक्ति दिएको थियो । 
कोषलाई आजको आवश्यकता भनेको भगवान् श्री पशुपतिनाथको सम्पत्ति रक्षा गर्ने व्यक्तिहरूको आवश्यक छ । पशुपतिनाथको जग्गा र बालुवा बेचेर अरबौँ कमाउन लालायित व्यक्तिहरूका  पशुपति क्षेत्र जस्तो आस्थाको केन्द्र बदनाम गर्ने नियतका साथ नेतृत्व हत्याउन लागि परिरहेको बताइन्छ ।