कांग्रेस महाधिवेशन मंसिरमा, यस्तो छ तालिका

कांग्रेस महाधिवेशन मंसिरमा, यस्तो छ तालिका

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३०, २०७८

अन्योलमा परिरहेको नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकले आगामी ९-१३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

१६-१९ भदौका लागि तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले मंसिरमा अर्को महाधिवेशन मिति तोकेको हो ।

आजको केन्द्रीय समिति बैठकले २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकेको छ भने सोही दिन अर्थात २ भदौमै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकले वडा अधिवेशन १८ भदौमा, गाउँ तथा नगर अधिवेशन २७ भदौमा, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा तथा प्रदेश अधिवेशन १०-१२ कात्तिकका लागि तोकिएको छ ।