माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गरिने

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७८

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ ।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकमा नेताहरूको कार्य विभाजनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई भोलि बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने जनाइएको छ ।

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुने एक नेताले बताए ।