अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन असोजमा

अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन असोजमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३१, २०७८

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन असोज दोस्रो साता हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी अनेरास्ववियु क्रान्तिकारीले २२औँ राष्ट्रिय सम्मेलन ८-१० असोजसम्म गर्ने निर्णय गरेको हो । राष्ट्रिय सम्मेलनले नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने एक नेताले जानकारी दिए । 

२२औँ राष्ट्रिय सम्मेलनमा ७९९ जना मात्र प्रतिनिधि रहनेछन् । आउँदो १५ भदौसम्म क्याम्पस इकाई र पालिका भेला गरिसक्ने, २५ भदौसम्म जिल्ला भेला र २५ भदौदेखि १ असोजसम्म प्रदेश भेला गरिसक्ने स्रोतले जानकारी दिएको छ ।

अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि ‘हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नारालाई प्रमुख एजेण्डा बनाएर अघि बढ्ने बताएको छ ।