सुरु भयो 'शब्द-सारथि'

सुरु भयो 'शब्द-सारथि'

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण ३२, २०७८

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम 'अनेसास शब्द-सारथि'को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना, वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ ।

पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । यसैगरी कवि मञ्जुल, रमेश क्षितिज र सुरेन्द्र अस्तफलले ३-३ वटा कविता वाचन गरे ।

उपन्यासकार मदनमणि दीक्षितको तेस्रो वार्षिक पूण्यतिथि पनि परेकोले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दीक्षितप्रति श्रद्धा सुमन अर्पण गर्दै सम्झना पनि सुनाए ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको साथमा सदस्य तीर्थ अधिकारीले पनि सिर्जना बाचन तथा कार्यक्रम आरम्भको आवश्यकताबारे मन्तव्य राखे ।

कार्यक्रममा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी,  सदस्य डा. रेणुका सोलु र दर्पणका प्रधानसम्पादक लालगोपाल सुवेदीले अनेसासका केही नयाँ कार्यक्रमका बारेमा जानकारी गराए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रमको संयोजन गरेका थिए ।