संसद्को चालू अधिवेशन अन्त्य

संसद्को चालू अधिवेशन अन्त्य

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३२, २०७८

संघीय संसद्को चालू अधिवेशन आज राती १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराए ।

गत ३ साउनमा प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो । हालसम्म १० वटा बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश- २०७८, विनियोजन अध्यादेश- २०७८, यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश- २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरीवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश- २०७८ र कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश- २०७८ लगायत प्रस्तुत भए ।

प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । ३ साउनमा दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।