पारिजात स्मृति केन्द्रद्वारा प्रा.डा.बन्धु, प्रधान, पोखरेल र शर्मा सम्मानित

पारिजात स्मृति केन्द्रद्वारा प्रा.डा.बन्धु, प्रधान, पोखरेल र शर्मा सम्मानित

लोकसंवाद संवाददाता  |  साहित्य  |  श्रावण ३२, २०७८

काठमाडौँ । पारिजात स्मृति केन्द्रले  स्मृति सभामा २०७८  साउन २९ गते सम्पन्न  भएको छ । स्मृति सभामा  केन्द्रले पारिजात बाल साहित्य सम्मानबाट प्रा.डा.चुडामणि बन्धु, पारिजात कला सम्मानबाट गायक तथा संगीतकार माधव प्रधान, पारिजात संघर्षशील नारी सम्मानबाट अभियन्ता सीता पोखरेल तथा पारिजात सृजन सम्मानबाट साहित्यकार सीता शर्मा सम्मान प्रदान गरिएको छ ।

स्मृति सभामा कार्यक्रममा पारिजात स्मृति केन्द्रकी संरक्षक तथा पारिजातकी बहिनी सुकन्या र वरिष्ठ जनवादी गायक तथा संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति रायनले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।