अफगानिस्तानबाट १२७ नेपाली काठमाडौं आइपुगे

अफगानिस्तानबाट १२७ नेपाली काठमाडौं आइपुगे

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७८

अफगानिस्तानबाट उद्धार गरिएका १२७ जना नेपाली काठमाडौं आइपुगेका छन् । आज बिहान उनीहरू सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थल स्रोतका अनुसार उनीहरूलाई एयर जर्जियाको विमानबाट काठमाडौं ल्याइएको हो ।

अफगानिस्तानबाट कुबेत हुँदै उनीहरूलाई नियमित उडानबाट काठमाडौं ल्याइएको बताइएको छ ।