केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७८

सरकारले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर राजनीतिक दल विभाजन गर्न मिल्ने अध्यादेश ल्याएको छ ।

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एमालेको माधव नेपाल खेमा र जनता समाजवादी पार्टीका महन्थ ठाकुर खेमालाई पार्टी विभाजन गर्न सहयोग हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधान संशोधन गर्दै अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान थियो । आजथको मन्त्रिपरिषद् बैठकले यस प्रावधानलाई खुकुलो बनाएको हो ।