प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त

प्रदेश २ को प्रमुखमा मिश्र नियुक्त

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा हरिशङ्कर मिश्रलाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को गत ३२ साउनको बैठकको निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम महोत्तरीका मिश्रलाई प्रदेश  २ को प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

यसअघि राष्ट्रपति भण्डारीले आजै नेपाल सरकार, मन्त्रिपरिषद्को गत ३२ साउनमा बसेको बैठकको निर्णय एवं प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेको पनि प्रवक्ता पन्तद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।