'ओली नसच्चिए पार्टी विभाजनका लागि तयार छौँ': माधव नेपाल

'ओली नसच्चिए पार्टी विभाजनका लागि तयार छौँ': माधव नेपाल

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल खेमाको केन्द्रीय कमिटीको बैठकले एकताका लागि अझै पहल गर्ने निष्कर्ष निकालेको हो । 

बैठकलाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी ओलीलाई सच्चिने अन्तिम मौका दिने बताए । ‘साथीहरूले अझै प्रयास गरौँ र गर्छौं भन्नुभएको छ । त्यसैले यदि ओली सच्चिएर आए भने पार्टी एकताका लागि अन्तिम प्रयास गर्नेछौँ । उहाँलाई सच्चिनका निम्ति अन्तिम मौका दिऔँ', नेता नेपालले भने ।
 
नेता नेपालले राष्ट्रपति कार्यलयबाट अध्यादेश जारी नहुन्जेलसम्म अध्यक्ष ओलीलाई समय दिने बताएका छन् । ओली सच्चिए एकताका लागि आफूहरू तयार रहेको तर अध्यादेश जारी नहुन्जेलसम्म ओलीलाई समय रहेको उनको भनाइ छ । 'अध्यादेश आएपछि विभाजनका लागि पनि हामी तयार नै छौँ', नेपालले भने ।

वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढJका बन्द गरेको बताएका छन् । अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको उनले बताए ।