कुलमानविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

कुलमानविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७८

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै गत ३२ साउनमा उनले रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आज उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् । रेग्मीको इजलासमा उक्त रिट १०औँ नम्बरमा छ ।

रिटमा शाक्यले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको संचालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर गत ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।