माधव नेपालको पार्टी 'नेकपा एमाले समाजवादी !'

माधव नेपालको पार्टी 'नेकपा एमाले समाजवादी !'

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार राष्ट्रपति समक्ष सिफारिस गरेको र राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल निकट स्रोतले जानकारी दिएको छ ।

नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी भएको बताइएको छ ।