बाकसबन्द छ पाषाण 'युग'

बाकसबन्द छ पाषाण 'युग'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २३, २०७६

काठमाडौं । सन् ८० को दशकमा दाङ-देउखुरी क्षेत्रमा गरिएको पाषाणकालीन युगबारेको शोध-अनुसन्धानको प्रामाणिकतालाई बाहिरी विश्वले स्वीकारिसकेको छ । त्यही शोधको पुरातात्त्विक सामग्री भने छाउनीस्थित राष्ट्रिय संग्रहालयमा बाकसभित्र थन्किएका छन् ।

जर्मन अनुसन्धाता डा. गुर्डुन कर्भिनसले सन् १९८३ देखि झन्डै २० वर्ष समय खर्चेर शिवालिक क्षेत्रका रूपमा चिनिने दाङ-देउखुरी उपत्यका र चुरे भेगमा गरेको शोधमा ढुंगेयुगको मानव सभ्यता झल्कने सयौं प्रमाण संकलन गरेकी थिइन् । नेपाली सहायक शोधकर्मीलाई साथ लिएर गरिएको अनुसन्धानको विस्तृत विवरण 'पि्रहिस्टोरिक कल्चर्स इन नेपाल' -२००७) शीर्षकमा दुई भाग पुस्तक जर्मनीबाट प्रकाशित भइसकेको छ । 'शिवालिक' भित्र नेपाल, भारत, पाकिस्तानको पहाडी क्षेत्र समेटिए पनि आदिम युगको विकासक्रम सम्झाउने ढुंगे हातहतियार, जीवजन्तुको अवशेष वा आकृति भने सबैभन्दा बढी दाङ-देउखुरी उपत्यकामा पाइएको थियो ।

'डा. कर्भिनसले दाङ-देउखुरी गएर उत्खनन/शोध गरेपिच्छे पाइएका सामग्री यहाँ ल्याएर जतनसाथ राख्नुहुन्थ्यो,' संग्रहालयका टेक्सिडर्मी अधिकृत हरिकृष्ण श्रेष्ठले कान्तिपुरसँग भने, 'उहाँकै नाममा संग्रहालयको एउटा कोठा छुट्याइएको थियो । कोठाभरि अहिले कतै बाकसमा त कहीं सूचीकृत गरिएका 'बक्स' मा पाषाणकालीन सामग्री राखिएको छ ।' डा. कर्भिनस सन् १९८३ देखि २००१ भित्रका ३५ महिनासम्म फिल्ड वर्कमा थिइन् । यो सामग्री आजको कान्तिपुर दैनिकमा छ ।