जसपा विभाजित, महन्थ ठाकुरले खोले नयाँ पार्टी

जसपा विभाजित, महन्थ ठाकुरले खोले नयाँ पार्टी

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २, २०७८

राजनीति दलसम्बन्धी अध्यादेश, २०७८ जारी भएलगत्तै महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

उनीहरूले नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राखेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ जारी गरेलगत्तै उनीहरूले नयाँ दल दर्ता गर्न निवेदनक दिएका हुन् । 

महन्थ ठाकुरकै अध्यक्षतामा २३ सदस्यीय कार्यकारिणी समिति रहेको र चुनाव चिह्न साइकल माग गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जारी गर्ने निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष बुझाएको थियो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गर्दै जारी गरेकी हुन् । 

उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत सदस्यको समर्थनमा नयाँ राजनीतिक दल खोल्न सकिने व्यवस्था गरिएको छ ।